मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस प्रदेशमा बढ्दो सवारी दुर्घटना



५असोज ,काठमान्डौँ । मधेस प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको हो । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।

यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक ​ प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले बताएका छन ।

त्यसै गरी उक्त दुर्घटनामा परेर एकहजार दुईजना पुरुष, दुई सय ७४ महिला तथा एक सय ३१ जना बालबालिका घाइते भएको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन । मधेश प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गती, साँघुरो बाटो तथा चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तीराज गुरुङले बताएका छन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ४७ बजे