मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिसन र श्रृंखलाले एकअर्कालाई किन गरे अनफलो ?




काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए ।

श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो ।

अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ३१ बजे