मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना




१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् ।मंगलबार बसेको पदाधिकारी बैठकमा देउवाले सबैलाई समेटेर जान आफू तयार रहेको भन्दै बन्द सूची सच्याउन सकिने बताएका थिए । यसका लागि बुधबार बिहान पनि पदाधिकारीको बैठक बसेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : २३ बजे