मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा प्रवेशसँगै रवीन्द्र मिश्र बने वरिष्ठ उपाध्यक्ष




१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्षको दर्जा पाएका छन् । दुई समूहबीच बुधबार भएको एकिकरणका क्रममा मिश्रले सो दर्जा पाएका हुन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।मिश्र काठमाडौं १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ४६ बजे