मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ




१२ असोज, काठमाडौं ।
घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्।

उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ५८ बजे