मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बसपार्कमा अदिति र धीरजसँगै नाचे दर्शक




काठमाडौं ।
‘बाबरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म हो । दसैँको छेको पारेर रिलिज हुन लागेको फिल्मले बुधबार राजधानीमा एक कार्यक्रमका बीच दर्शक साक्षात्कार गरेको छ । नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित कार्यक्रममा दर्शकले फिल्मका कलाकारलाई फिल्मको बिषयमा आफ्नो जिज्ञासा राखेका थिए । फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर उपस्थित रहेको कार्यक्रममा दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।

कार्यक्रममा दर्शकको फर्माइसमा फिल्मका कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरले फिल्मका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ मा प्रत्यक्ष नृत्य गरेर दर्शक समेत रिझाए । कलाकारले गीतमा आफूसँगै दर्शक पनि नचाउन सफल भएका थिए । कार्यक्रममा धीरज मगरको अटोग्राफका लागि युवतीहरुले तछाडमछाड गर्नुको अलवा अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शक समेत धेरै देखिएका थिए ।

कार्यक्रममा दर्शकको साथले निकै उत्साह मिलेको बताएकी अभिनेत्री अदितिले फिल्मका लागि माया दिन अनुरोध गरिन् । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ’ उनले भनिन् ।अभिनेताद्वयले पनि फिल्मप्रति दर्शकको उत्साहले आफूहरु पनि उत्साहित रहको बताए । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म रोमान्टिक प्रेमकथामा निर्माण भएको हो ।फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ४७ बजे