मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा जीप दुर्घटना, २ जना गम्भीर घाइते




१३ असोज, काठमाडौं । पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ। बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको हो। जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ।

राती १२ बजे बुटवल बाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ५३ बजे