मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको चियापान कार्यक्रममा कमल थापा




१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्दै आफ्नै नेतृत्वमा राप्रपा गठन गरेका कमल थापा नेकपा एमालेको चियापान कार्यक्रममा देखिएका छन्।

थापा एमाले मकवानपुरको पार्टी कार्यालयले दसैँ, नेपाल सम्वत, दिपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका हुन ।

थापासँगै राप्रपा नेपालका नेताहरू पनि कार्यक्रममा सहभागी थिए। एमाले नेताहरुसँग थापाको चियापान भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। थापाले आउँदो प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ बाटएमालेको समर्थनमा चुनाव लड्ने तयारी गरेका छन।उनलाई एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको तयारी गर्न ‘ग्रीन सिग्नल’ दिइसकेको बताइन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ५७ बजे