मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु




२५ असोज, काठमाडौं । पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।

वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : २२ बजे