मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने




२५ असोज, काठमाडौं । कोरोना संक्रमणसँग जुधिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ ।

ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अस्वस्थ भएपछि राष्ट्रपति भण्डारी २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : २१ बजे