मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीले बेनफिकाविरुद्धको खेल गुमाउने




२५ असोज, काठमाडौं ।
पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनेल मेस्सीले मंगलबार बेनफिकाविरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेल गुमाउने भएका छन् । खुट्टामा लागेको चोटका कारण उनले खेल्न नपाउने भएका हुन् ।

३५ वर्षीय खेलाडीले गत हप्ता पोर्चुगलमा बेनफिकाविरुद्ध पहिलो चरणको खेलमा गोल गरेका थिए । तर खेलको अन्त्यतिर उनलाई सब्सटिट्युट गरिएको थियो । गत शनिबार लिग वानमा रेम्सविरुद्धको खेल पनि अर्जेन्टिनी फरवार्डले गुमाएका थिए । सो खेलमा यो सिजन पहिलोपटक गोल गर्न नसकेपछि पीएसजी बराबरी खेल्न बाध्य बनेको थियो ।

च्याम्पिन्यस लिगमा पीएसजी बेनफिकासँगै ७ अंकसहित समूह एचको शीर्ष स्थानमा रहेको छ । समूहमा युभेन्टस तेस्रो स्थानमा रहेको छ । आफ्नो घरेलु मैदानमा खेलिने खेलमा पीएसजीले प्रेसनेल किमपेम्बे, नुनो मेन्डेज र रेनाटो सान्चेजलाई पनि गुमाउने भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : ५९ बजे