मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट




२५ असोज, काठमाडौं । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।

पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय रहेका छन् ।

त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह रहेका छन्। त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोटभएकी छिन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ०५ बजे