मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोगले आज उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै




२६ असोज, काठमाडौं ।
आयोगले आज उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : २७ बजे