मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रहरीको हाकिम हुँ’ भनेर व्यापारीसँग पैसा मागेको आरोपमा पक्राउ




२६ असोज, काठमाडौं ।
विराटनगरका व्यापारीलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ घर भएका रविन घिमिरे छन् ।

महानगर–१५ स्थित १ नम्बर ढाटमा व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको सुराक आएपछि घिमिरेलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । पैसा मागेको अडियो प्रहरीले फेला पारेको छ ।

आरोपी विरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय रानीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : २३ बजे