मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ ‘ख’ मा दिपक मनाङे निर्विरोध निर्वाचित !




२६ असोज, काठमाडौं ।
मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् ।

उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेभित्र गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले दोर्जेले उम्मेदवारी फिर्ता गर्न निवेदन दिएको पुष्टि गरे । उनले भने-‘मनाङ ‘ख’ मा मनाङे र दोर्जेको उम्मेदवारी परेको हो । दोर्जेले उम्मेदवारी फिर्ताका लागि बुधबार १० बजे निवेदन दिएका छन् । निर्णय केही समयपछि हुँदैछ ।’

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ३७ बजे