मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीका एक बागीले गरे उम्मेदवारी फिर्ता




२६ असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि गुल्मीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उमेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

आर्यालले जिसीलाई पूर्ण समर्थन गरेर जिताउने अभियानमा लाग्ने बताएका छन् । अर्यालको उम्मेदवारी फिर्तापछि त्यस क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उमेदवार रामकुमारी झाँक्रीलाई समेत सहज हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ४४ बजे