मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा–३ र ४ मा स्वतन्त्र उम्मेदवारको ओइरो




२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषाको क्षेत्र नम्बर ३ र ४ मा स्वतन्त्र उम्मेदवारको ओइरो देखिएको छ । धनुषा–३ मा २१ र धनुषा–४ मा पनि २१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । धनुषा–३ मा सत्तारुढ गठबन्धनबाट लोसपा नेपालका अनिलकुमार झाले उम्मेदवारी दिएका छन् भने एमालेबाट जुलीकुमारी महतो (महासेठ) उम्मेदवार छिन् ।

सो क्षेत्रबाट राप्रपाका राम पदारथ मण्डल, नेमकिपाका राम हृदय साह तेली, जनमत पार्टीका शम्भुनाथ साह, राप्रपा नेपालका हुसैन कवारी, बहुजन एकता पार्टीका लक्ष्मी मण्डल खत्वे, नेपाल जनता पार्टीका पुनम चौधरी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रविणा कुमारी ठाकुर र राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जित पँजियार उम्मेदवार छन् । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेमा पुजा साह, सत्यनारायण शाह, वैदेही रमण ठाकुर, त्रिदेव कुमार मिश्र, मो। जसिम नदाफ, मात्रिका प्रसाद दास, श्याम किशोर साह, अरविन्दकुमार पासवान, अनिलकुमार यादव, अजयकुमार यादव, राजकुमार साह, उमेश साह, मिलनकुमारी साह, चन्द्रशेखर साह, शिलाकान्त झा, उमेश चौधरी, ज्योतिकुमारी साह, जीवन साह तेली, सुनिलकुमार कर्ण, अमरेन्द्र कण्ठ र कृष्णा यादव छन् ।

यस्तै क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र यादव उम्मेदवार बनेका छन् भने एमालेबाट रघुवीर महासेठ उम्मेदवार छन् । यसैगरी जसपा नेपालका महाजन यादव, राप्रपाका अनिरुद्र यादव, जनमत पार्टीका किसुन यादव, जनता प्रगतिशील पार्टीका रामचन्द्र यादव, नेपाल लोकतान्त्रिक पार्टीका कृष्णचन्द्र प्रसाद साह, नेपाल कम्युनिस्ट पार्टीका रामदुलार महतो, नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीका संजय कुमार यादव पनि यो क्षेत्रमा उम्मेदवार छन् ।

धनुषा–४ मा स्वतन्त्र उम्मेदवारी दिनेमा अरुणकुमार साह, नवल यादव, राजेशकुमार यादव, राजकुमार यादव, महेशकुमार यादव, राम अचल यादव, रामकृष्ण यादव, दिपेशकुमार यादव, श्यामकिशोर यादव, अनिलकुमार चौधरी, विजयकुमार यादव, श्रवण दास तत्मा, देवेन्द्रकुमार पँजियार, विजयकुमार साह सुडी, कलमदेव यादव, हरिकिशोर यादव, सञ्जयकुमार यादव, व्रह्मदेव महतो, रामगुण यादव, कृष्णकुमार महतो र प्रशुराम महतो कोइरी छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ११ बजे