मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो कच्चा तेलको मूल्य




२६ असोज, काठमाडौं । तेल उत्पादक तथा निर्यातकर्ता राष्ट्रहरूको साझा संस्था ओपेक प्लसले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । तेलसम्बन्धी मूल्यको जानकारी दिने आयल प्राइस डटकमका अनुसार ओपेक राष्ट्रहरूको निर्णयसँगै मूल्य उकालो लाग्न थालेको हो ।

ओपेक राष्ट्रहरूले विश्वव्यापीरूपमा तेलको माग घट्ने विश्लेषण गर्दै दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेका थिए । सो निर्णयसँगै विश्व बजारमा तेलको मागमा चाप पर्न सुरू भएपछि मूल्य बढ्न थालेको हो । ओपेक राष्ट्रहरूको नेता साउदी अरबको चाहनाअनुसार उत्पादन कटौती गरिएको हो ।यससँगै, यसअघि प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम मूल्यमा आइपुगेको कच्चा तेलको भाउ फेरी बढ्न थालेको छ । ओपेक मुलुकहरूको उक्त निर्णयसँगै हाल कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ अमेरिकी डलरसम्म पुगेको छ । यो करिब २० अमेरिकी डलर प्रतिब्यारेलसम्मको वृद्धि हो ।

खासगरी, युक्रेनमाथि हमला गरेपछि पश्चिमा मुलुकहरूले विश्व बजारमा रुसको तेललाई प्रतिबन्ध लगाएका छन् । यही कारण विश्वभर रुसले उत्पादन गरेर आपूर्ति गर्दै आइरहेको दैनिक तेलको चाप समेत ओपेक राष्ट्रहरूलाई परेको छ । रुसबाट भने भारत र चीनले सस्तो दाममा तेल किन्दै आइरहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ४८ बजे