मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले गरेन कर्ण मल्ललाई समर्थन, विक्रम शाहीको उम्मेदवारी भएन फिर्ता




२६ असोज, काठमाडौं । डडेल्धुरामा नेकपा एमाले र नेपाली कांग्रेस (बीपी) बीच चुनावी तालमेल नहुने भएको छ । एमालेबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवार विक्रम शाहीले उम्मेदवारी फिर्ता नलिने भएपछि कांग्रेस बीपीसँगको तालमेल भाँडिएको हो ।

प्रतिनिधिसभामा कांग्रेस बीपी र दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिने गरी तालमेलको सहमति भएको थियो । सोही अनुसार प्रतिनिधिसभामा बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा पठानसिंह बोहोरा र २ मा गजेन्द्र शाही बनेका छन् । तर अन्तिममा पार्टीबाट टिकट लिएर एमालेका शाहीले प्रतिनिधिसभातर्फ पनि मनोनयन दर्ता गराएका थिए ।

उनको उम्मेदवारी फिर्ता लिने आंकलन गरिएको थियो । आफूले पार्टीको केन्द्रीय निर्णयअनुसार उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी फिर्ता नलिएको बताए । कांग्रेस बीपीसँग तालमेल गर्ने निर्णय नै नभएको शाहीको दाबी छ । डडेल्धुरामा स्थानीय निर्वाचनमा पनि एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ०६ बजे