मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा घनश्याम समर्थक ३१ जनाले छाडे एमाले



२६ असोज, काठमाडौं । केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल निकटका ३१ जना नेता कार्यकर्ताले एमाले छोडेका छन् । दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरुले एमाले परित्याग गरेका हुन् ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बुधबार एमाले छोडेर भुसाललाई साथ दिने घोषणा गरेका हुन् । प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले परित्याग गरी भुसाललाई सघाउन घोषणा गरेका हुन् ।

उनीहरुले भुसाल जस्तो बौद्धिक नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा टिकट नदिएर अपमान गरेको टिप्पणी गरे । ओलीको तानाशाह प्रवृतिले गर्दा एमाले बिस्तारै कमजोर बन्दै गएको उनीहरुले बताए । एमालेमा व्यक्तिवाद हाबी भएको भन्दै क्षेत्र नं. १ का ३१ जनाले एमालेबाट राजीनामा घोषणा गरेका हुन् । ​

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ४४ बजे