मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले टिकट नदिएपछि भीम रावलले भोली पत्रकार सम्मेलन गर्दै



२६ असोज, काठमाडौं । एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्। प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

“आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा एमालेका वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतीले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उमेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा निम्नलिखित मिति, स्थान र समयमा हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ,” उनले भनेका छन् ।

पत्रकार सम्मेलन काठमाडौं थापाथलीस्थित कार्की बैंक्वेटमा राखिएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : ५५ बजे