मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामवीरको चुनाव चिह्न घण्टाघर



२६ असोज, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको टिकट नदिएपछि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

‘मेरो चुनाव चिह्न घण्टाघर कायम भएको छ’, बुधबार निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि रातोपाटीलाई उनले बताए । सो क्षेत्रमा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

काठमाडौ ७ मा सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ४५ बजे