मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाराको प्रसौनीमा एकै परिवारका ३ जना मृत फेला



२६ असोज, काठमाडौं । बाराको प्रसौनी गाँउपालिका वडा नं ५ मा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

मृतकमध्ये २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार तीन जनाको शव फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् ।

आज दिउँसो साढे २ बजेतिर घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ४८ बजे