मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्र मार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो ।

ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ०० बजे