मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीचन यादवले पाए ‘प्रेसर कुकर’ निर्वाचन चिन्ह



२७ असोज,काठमाडौं । सर्लाही ४ ख बाट प्रदेससभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादीका युवा नेता श्रीचन यादवले निर्वाचन चिन्ह कुकर पाएका छन।

निर्वाचन आयोगले बुधबार यादवलाई कुकर निर्वाचन चिन्ह दिएको हो। माओवादी केन्द्रबाट सर्वसम्मत सिफारि भएका यादवलाई पार्टीले टिकट नदिए पछि उनले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यादवले आफूलाई क्षेत्र, जिल्ला, प्रदेसले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको भएपनि केन्द्रले टिकट नदिएको तर आफ्ना समर्थक जनताले धेरै दवाव दिएकोले आफ्ना जनताको खातिर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ०२ बजे