मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा प्रतिनिधि सभाका २१ उम्मेदवार, एमाले र सत्ता गठबन्धनमा मुख्य प्रतिस्पर्धा




२७ असोज,काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि तीन स्वतन्त्रसहित २१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यो जिल्लामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्ने भएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र १ एकजना स्वतन्त्र र नौ जना राजनीतिक पार्टीका उम्मेदवार छन् जसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका राम शरण बस्नेत, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, जनता समाजवादी पार्टी नेपालका रुपेश राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका उदय प्रसाद भट्ट,नेपाल मजदुर किसान पार्टीका लिला कुमारी बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका देव बहादुर थापा , नेपाल सुशासन पार्टीका मिन कुमार श्रेष्ठ,जनसमाजवादी पार्टी नेपालका उत्तर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहा र स्वतन्त्र उम्मेदवार बिष्णु पुडासैनी चुनावी मैदानमा छन् । यी मध्ये एमालेका बस्नेत र कांग्रेसका बजगाईंबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै निर्वाचन क्षेत्र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै यो क्षेत्रमा प्रचण्डका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका अब्दुस सलाम मियाँ रहेका छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त,नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुल बहादुर बस्नेत,नेकपा माक्र्सवादी लेनिनवादीका नारायणबाबु आचार्य पनि उम्मेदवार रहेका छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा दुई स्वतन्त्र गणेश देवकोटा र विनोद कुमार गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले यीमध्ये मियाँ २९ र कांग्रेस वीपीका ९९ बर्षीया पोखरेल समेत यही क्षेत्रका उम्मेदवार भएकाले यहाँको निर्वाचन रोचक हुने देखिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : २१ बजे