मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा पूर्वमन्त्री प्रेम आलेका ५ प्रतिस्पर्धी




२७ असोज,काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।

उनलाई नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवारले चुनौती दिँदैछन् ।

डोटीमा नेकपा एमालेले गौरी कुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ । डोटीमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ४९ बजे