मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट




२७ असोज,काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनकै कायम हुँदै प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने लगार घट्दै बिहीबार ११ सय ९० मा झरेको छ । अघिल्लो दिन प्रतितोला चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : १३ बजे