मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा एमाले, जसपा र राप्रपा एक्लाएक्लै भिड्दै




२७ असोज,काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य केही सिटमा एमालेले राप्रपा र जसपासँग तालमेल गरे पनि बझाङमा भने एमाले, राप्रपा र जसपा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

यहाँ एमालेले ऐनबहादुर महरलाई उम्मेदवार बनाएको छ । यस्तै जसपा नेपालले रामबहादुर जाग्री र राप्रपाले विश्वप्रकाश जेठारालाई उम्मेदवार बनाएको छ ।

सत्तारुढ गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी उम्मेदवार छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेमराज जोशीलाई उम्मेदवार बनाएको छ भने रामचन्द्र राना र डम्बरबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : १६ बजे