मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा पाँच प्रतिस्पर्धी




२७ असोज,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुरामा पाँच उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये चार जना दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सत्तारुढ गठबन्धनबाट बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे उम्मेदवार छन् । यहाँ एमालेले कर्णबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै, राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ५२ बजे