मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धर्तीबाट कस्तो देखिन्छ वृहस्पति ग्रहको बरफको चन्द्रमा ?




काठमाडौं । पृथ्वीबाट वृहस्पतिका दुई सबैभन्दा ठूला चन्द्रमाको स्पष्ट तस्बिर खिचिएको छ । यी तस्बिर सार्वजनिक गर्दै खगोलविद्ले यी तस्बिरमा वृहस्पतिका बरफका चन्द्रमालाई स्पष्ट रुपमा देख्न सकिने जानकारी दिएको छ ।

तस्बिरमा हिउँको सतह र ती प्रक्रियाको विवरण देख्न सकिन्छ जसमा युरोपा र गेनिमेडेको रासायनिक संरचना बनेको छ । युरोपा र गेनिमेडे, बृहस्पतिका चार ग्यालिलियन चन्द्रमामध्ये दुई हुन् यसको नाम पहिलोपटक यिनीहरुलाई देख्ने खगोलविद्को नाममा राखिएको छ । वैज्ञानिकलाई आशा छ कि चिलीमा भेरी लार्ज टेलिस्कोप (भीएलटी) बाट लिइएको नयाँ तस्बिरले भविष्यका अन्तरिक्ष मिसनलाई बल प्रदान गर्नेछ ।

यी तस्विरले दुई बरफका चन्द्रमामा भूवैज्ञानिक विशेषताबाट जानकारी दिएको छ । यसमा एउटा लामो, दरार जस्तो निशान पनि छ जसले युरोपाको सतहमा काटिएको जस्तो देखाउँछ । वैज्ञानिकले यसलाई एक प्रकारको डिफर्मेसन बताएको छ जसलाई ‘लिनाई’ नाम दिइएको छ ।

युरोपाका आकार पृथ्वीको चन्द्रमाको बराबर छ र गेनिमेडे, सूर्य मण्डलको सबैभन्दा ठूलो चन्द्रमा र बुध ग्रहभन्दा ठूलो हो । यी दुईको अध्ययन गर्दा के थाहा भएको छ भने यो चन्द्रमाको बरफको सतहबाट परावर्तित सूर्यको प्रकाशको मात्रालाई रेकर्ड गर्छ । युरोपाको विश्लेषणबाट यसको पत्र मुख्य रुपमा जमेको पानीले बनेको छ भन्ने थाहा भएको छ । यसमा विभिन्न खालका नुन समावेश छ ।

टिम लिडर ओलिभर किङले भने, ‘हामीले सतहमा भएका विभिन्न सामग्रीको म्यापिङ गर्यौँ जसमा सल्फ्युरिक एसिड फ्रस्ट पनि समावेश छ, जुन मुख्य रुपमा युरोपाको किनारामा पाइन्छ । मोडलिङमा पाइएका सतहमा विभिन्न खालका नुन पाइन सक्छ तर एक्लो इन्फ्रारेड स्पेक्ट्रोस्कोपीले यो कस्तो खालको नुन हो भनेर पत्ता लगाउन सक्दैन ।

गेनीमेडेको विश्लेषणबाट के थाहा हुन्छ भने चन्द्रमाको सतहमा दुई प्रकारका इलाका छन् । पुरानो इलाकाको तुलनामा नयााँ इलाकामा धेरै नै पानीको बरफ देखिन्छ जुुन गहिरो खैरो रङको सामग्रीबाट बनेको छ । समूहले यो सामग्रीलाई अहिलेसम्म चिन्न सकेको छैन ।

ओलिवर किङका अनुसार भीएलटीमार्फत् युरोपा र गेनीमेडेको विस्तृत म्यापिङ गर्न सकिनेछ । यसको सतहमा सानो आकृतिको आकार १५० किलोमिटरभन्दा सानो छ र यो पृथ्वीबाट ६० करोड किलोमिटर टाढा छ । चन्द्रमालाई नजिकबाट हेर्ने र यत्तिको म्यापिङ पहिला बृहस्पतिसम्म अन्तरिक्ष यान पठाएर मात्रै सम्भव थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : १२ बजे