मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा ४ अंकको सुधार, ८२ करोडको कारोबार




२७ असोज,काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०।६३ विन्दुमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९५ अंकले बढ्दै ३६७.१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ४ अंकले मात्र बढेको बजारमा आज कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ ।

यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ५३ बजे