मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन




२७ असोज,काठमाडौं । रौतहट – ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

नेकपा एमालेबाट टिकट दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।

यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा निष्क्रिय गराउने तयारी छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ४ : ०२ बजे