मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ




२७ असोज,काठमाडौं ।
सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएपछि उनी दाँत निकाल्न राजी भइन् । यद्यपि महताराले दुख्ने दाँतसहित अर्को दाँत पनि निकालिदिए । त्यसपछि महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेको कार्कीले बताए । सोही उजुरीको आधारमा उनलाई पक्राउ उनको भनाइ छ ।

‘अनुसन्धानका क्रममा महताराले आफू चिकित्सक नभएको स्वीकार गरेका छन्,’ कार्कीले भने । महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ४ : ५३ बजे