मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधुनिक बन्दै खानेपानी संस्थाहरु, प्रविधिको प्रयोगले उपभोक्तालाई सहज




२८ असोज, काठमाडौं । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेका बेला मुलुकमा सञ्चालिन खानेपानी संस्था तथा उपभोक्ता समितिहरू समेत डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरणहरु राखेर सेवा प्रदान गरिरहेका संस्थाहरु अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका हुन् ।

हालसम्म देशभरका ६ सय भन्दा बढि खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको छ । नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ ।

दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव शंसाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्ने लगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ भने कतिपय प्रविधि निर्माको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरि खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ५६ बजे