मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै



२८ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए । आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणपत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिसकेको छ ।

निर्वाचनमा दलहरुका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिन लागेकोे हो । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उम्मेदवारलाई यही असोज २६ गते चुनाव चिन्ह प्रदान गरेसँगै सबै उम्मेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : १७ बजे