मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई राज्यबीच द्धन्द्ध हुँदा भारत-पाकिस्तानका खेलाडी गर्छन् यस्तो कुरा



३० असोज, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अक्टोबर २३ मा भारत र पाकिस्तानको टोली आमनेसामने हुँदैछन् । भारत र पाकिस्तानबीचको कडा प्रतिद्वन्द्वीका कारण विश्वभरका मानिसहरु यो खेललाई लिएर उत्साहित छन् । तर, खेलको दबाब हटाउन दुवै देशका खेलाडीले के गर्छन्, यसको जवाफ शनिबार अस्ट्रेलियाको मेलबर्नमा भारतीय कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजमले दिएका छन् ।

रोहित शर्माले मिडियासँगको कुराकानीमा भने, ‘हामीलाई थाहा छ कि खेलहरू कति महत्त्वपूर्ण छन् तर यसबारे सधैं कुरा गर्नुको कुनै अर्थ छैन। यसले आफैंमा दबाबको भावना पैदा गर्छ।’ जब दुई देशबीचको खेल हुन्छ, क्रिकेट फ्यानहरूले यसलाई युद्ध जस्तै हेर्न थाल्छन्। तर दुवै टोलीका खेलाडीले आपसमा सद्भाव कायम राखेका छन् । रोहित शर्माले भने, ‘पहिले एसिया कपमा र अहिले हामी जहिले पनि भेट्छौं । भेटमा घरमा सबैजनालाई कस्तो छ रु के भइरहेको छ रु जस्ता अन्य विषयमा कुरा गर्छौं।’

यो कडा प्रतिद्वन्द्वीका बाबजुद पाकिस्तानी टोलीका कप्तान बाबर आजमले पनि दुई टोलीबीचको मेलमिलाप दोहोर्‍याए। उनले भने, ‘जब हामी भेट्छौँ, क्रिकेटबाहेक पनि धेरै कुरा हुन्छ । उहाँ (रोहित) मभन्दा सिनियर हुनुहुन्छ। जब हामी भेट्छौं म उहाँको अनुभवबारे जान्न चाहन्छु किनकि उहाँले भारतीय टोलीमा लामो समय सेवा गर्नुभएको छ। कसैको अनुभवबाट सिक्नु सधैं राम्रो हो।’ बाबर आजमले पनि भारत र पाकिस्तानबीचको खेलमा पारा सधैँ तातो हुने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ०० बजे