मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटयो सुनको मूल्य




३० असोज, काठमाडौं ।
आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ०२ बजे