मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु




३० असोज, काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएको छ । ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बिपरित दिशातर्फबाट आइरहेका मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका १० घर भएका ट्याक्सी चालक ३९ वर्षका सुन्दर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ०७ बजे