मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सभा निर्वाचन तर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य




३० असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।

परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८।६८ प्रतिशत रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलको ४७।८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ ।

प्रदेश सभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ । यस्तै, प्रदेश सभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् । प्रदेश सभातर्फ प्रदेश नं।१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ५२ बजे