मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौं राष्ट्रियः राष्ट्रिय कीर्तिमानसहित आर्मीकी जयरानीलाई स्वर्ण




३० असोज, काठमाडौं ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् ।

जयरानीले यस अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । यस स्पर्धामा एपीएफकी भागीरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ०५ बजे