मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइँदै




३० असोज, काठमाडौं ।
वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । करिब १२ः३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिनेछ ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : १८ बजे