मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ



३१ असोज, काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

यसअघि घटेर आउँदा समेत नेपालमा नघटाएको नेपाल आयल निगमले यसपटक के गर्ला भन्नेबारे चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ४७ बजे