मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी पर्‍यो आवेदन




३१ असोज, काठमाडौं ।
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.५५ गुणा बढी आवेदन हो ।

सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने ब्यवस्था पनि थियो । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : ०७ बजे