मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा सामान्य वृद्धि




३१ असोज, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : १५ बजे