मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएसजीको जितमा नेयमारको गोल




३१ असोज, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई १-० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा नेयमारले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

यस्तै खेलको ७२ औं मिनेटमा जिगोटले रातो कार्ड पाएपछि मार्से १० खेलाडीमा समेटिएको थियो । जितसँगै पीएसजीले ११ खेलमा २९ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । मार्से २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : २३ बजे