मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौं राष्ट्रियः पुरुष भलिबलमा प्रदेश एक क्वाटरफाईनलमा




३१ असोज, काठमाडौं ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा प्रदेश नम्बर एक समूह ‘बी’ को उपबिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा प्रदेश एकले मधेश प्रदेशलाई पराजित गरेको हो । सोमबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल प्रदेश एकले ३–० को सोझो सेटमा जितेको हो ।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश एकले दोस्रो सेट २६-२४ ले जितेको थियो । तेस्रो सेट २५-९ ले जित हात पारेर प्रदेश एकले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । यस समूहबाट समूह बिजेताको रुपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाईनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : २६ बजे