मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकमा फर्कियो ८ अर्ब रुपैयाँः कर्जा लगानीमा स्थिरता




३१ असोज, काठमाडौं ।
पछिल्लो साता वाणिज्य बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो हप्ता अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म बैंकहरुले ८ अर्ब रुपैयाँले नै निक्षेप गुमाउँदै ४५ खर्ब ११ अर्ब सङ्कलन गरेका थिए । तर, समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ भने स्थिरता कायम भएको छ ।

संघको रिपोर्ट अनुसार असोज २१ गतेसम्म कुल ४१ खर्ब ९३ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो साता अर्थात् असोज २८ गतेसम्म पनि सोही लगानी कायम गरेका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : २० बजे