मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु




३१ असोज, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरे पाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जेसिबी चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।

कुखुरे पाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २१ बजे