मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा सामान्य गिरावट, कारोबार ५१ अर्बमा खुम्चियो




३१ असोज, काठमाडौं ।
साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन अर्थात आइतबार नेप्से सूचक दोहोरो अंकले घटेको बजार सोमबार २.६१ अंकले घट्दै १८५८.३३ अंकमा झरेको हो । यद्यपि, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने सामान्य (०.२० अंक) ले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तर, कारोबार रकम भने आज अनपेक्षित रुपमा घट्न पुगेको छ । नेप्सेका अनुसार २ अंकले घटेको बजारमा आज जम्मा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।यस दिन डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् । भने, बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, नन् लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।


आज अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले ९.९७ प्रतिशतले गुमाउन पुगेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : ४९ बजे